काठमाडौं । सिद्धार्थ बैंकले बार्षिक साधारणए सभा बोलाएको छ ।
बैंकले असोज २८ गते, बुधबारका लागि सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा हुनेछ ।
बैकले सभामा १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ ।
यस्तै सभामा अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गरिने छ ।
बैंकले असोज १६ गते एक दिन बुकक्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्