Skip to content

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना: क्यासब्याक र आकर्षक उपहार

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध विद्युतीय उपकरण ब्रान्ड टीसीएलले विशेष उत्सव योजना ‘दसैँ–तिहार मनाऔँ’ सार्वजनिक गरेको छ। ‘ठूला खुसी, ठूलो क्यासब्याक र आकर्षक उपहार’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले टीसीएलका विभिन्न विद्युतीय तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार तथा सहज खरिद सुविधा प्राप्त गर्न सक्नेछन्।

यस विशेष योजनामा टीसीएलका टेलिभिजन, फ्रिज, वाशिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनर तथा अन्य घरायसी उपकरणहरू समावेश छन्। योजनाअन्तर्गत ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा टीसीएल एस५५एच साउन्डबार, वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा फ्रिज खरिदमा सीजी इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ। साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ।

यसका अतिरिक्त, उपभोक्ताले अधिकतम १ लाख ४२ हजार ५०० रुपैयाँसम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा सहज किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। टीसीएलले यस उत्सव योजनामार्फत उपभोक्तालाई आकर्षक बचतसँगै उपयोगी उपहार प्रदान गर्दै दसैँ र तिहारको खुसीलाई अझ विशेष बनाउने उद्देश्य राखेको जनाएको छ।

नवीनतम प्रविधि र आधुनिक डिजाइनमा जोड दिँदै आएको टीसीएलले क्वान्टम डट मिनी एलईडी प्रविधियुक्त ९८ इन्चसम्मका ठूला पर्दाका टेलिभिजनलगायत विभिन्न घरेलु उपकरण उपलब्ध गराउँदै आएको छ। ‘उत्कृष्टताको प्रेरणा’ भन्ने ब्रान्ड सन्देशअनुसार टीसीएलले उत्कृष्ट मनोरञ्जन अनुभव तथा दैनिक जीवनलाई सहज बनाउने प्रविधियुक्त उत्पादनमा जोड दिँदै आएको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएलका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर सञ्जाल, शोरुम तथा सीजी डिजिटलका माध्यमबाट यी उत्पादनहरू खरिद गर्न सकिनेछ। उपभोक्ताले आफ्नो परिवारको आवश्यकता, घरको आकार तथा जीवनशैलीअनुसार विभिन्न मोडल छनोट गर्न सक्नेछन्।

टीसीएलका क्वान्टम डट मिनी एलईडी तथा क्वान्टम डट एलईडी टेलिभिजन, फ्रिज, वाशिङ मेसिन, एयर कन्डिसनर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भीआरएफ एयर कन्डिसनिङ सिस्टमलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आएको जनाएको छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima