Skip to content

बैंकिङ क्षेत्रलाई ज्वरो आएको हो, उठ्नै नसक्ने भएको छैनः सिबिफिन महासचिव गोयल

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्र अहिले केही समस्यामा रहे पनि उठ्नै नसक्ने अवस्थामा नरहेको नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का महासचिव मनोज गोयलले बताएका छन् ।

सिबिफिनले आयोजना गरेको एक छलफल कार्यक्रममा बोल्दै गोयलले बैंकिङ क्षेत्रमा अहिले ‘ज्वरो आएजस्तो’ अवस्था रहेको र यो अवस्था सुधार हुने बताए । अर्थतन्त्रमा सुधार आए बैंकिङ क्षेत्र पनि सहज रूपमा उठ्न सक्ने उनको भनाइ छ ।

उनले विगतमा उत्पादनमूलक क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसक्दा बैंकिङ क्षेत्रमा केही समस्या देखिएको हुन सक्ने बताए । बैंक तथा वित्तीय संस्थाले अब सही बाटो समात्न सके आगामी दिनमा धेरै डराउनुपर्ने अवस्था नरहेको उनले धारणा राखे ।

“अहिले ज्वरो आएको जस्तो हो, उठ्नै नसक्ने अवस्था होइन । अर्थतन्त्र सुधार भयो भने बैंकिङ क्षेत्र पनि सुधार हुन्छ,” गोयलले भने ।

उनले पुराना सेयरधनीलाई केही सेयर बिक्री गर्न दिने खालको नीति आवश्यक रहेको बताए । त्यस्तै, एसेट म्यानेजमेन्ट कम्पनी सञ्चालनमा ल्याउने विषयमा पुस मसान्तसम्म ल्याउने भनिए पनि त्यसबारे अपेक्षित रूपमा छलफल हुन नसकेको उल्लेख गर्दै यस विषयमा अब गम्भीर छलफल गर्ने बेला आएको बताए ।

गोयलले बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताले अहिले नै डराउनुपर्ने अवस्था नरहेको पनि बताए ।

यस्तै, सरकारी स्वामित्वमा जाने आयोजनाको पूर्वाधारमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीको अवस्था के हुने भन्ने विषयमा स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ छ । यस्ता आयोजनामा बैंकले गरेको लगानीको भविष्यबारे स्पष्टता हुनुपर्ने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima