Skip to content

सिटिजन्स बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा 

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

बैंकले असोज २८ गते, बुधबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूसजीको ३.८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी, सभाले प्रबन्धकता तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima