काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ का लागि वाणिज्य बैंकहरूको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम गरेको छ।
राष्ट्र बैंकले बिहीबार इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
संशोधित निर्देशनअनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ देखि सम्बन्धित व्यवस्थाबमोजिम तोकिएको पूँजीगत जोखिम भार कायम गर्नुपर्नेछ। तर, आर्थिक वर्ष २०८३/८४ का लागि यस्तो काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्