काठमाडौं । चालु् आर्थिक बर्षको २ महिनामा नेपालीले ९ अर्ब ७४ करोड ३६ लाख ६० हजार स्मार्ट फोन खरिद गरेका छन् ।
भन्सार विभागका अनुसार भदौ मसान्तसम्म नेपालमा ४८ देशबाट ४ लाख २५ हजार ४० थान स्मार्ट फोन आयात हुँदा उक्त रकम बाहिरिएको हो । ९ अर्ब ७४ करोड ३६ लाख ६० हजार रुपैयाँको मोबाइल आयात हुँदा राज्यले भने १ अर्ब ८१ करोड ७६ लाख ८० हजार रुपैयाँ राजस्व पाएको छ ।
नेपालमा धेरै स्मार्ट फोन चीनबाट आयात हुने गरेको छ । चीनबाट ७ अर्ब ९ करोड ९८ लाख ३० हजार रुपैयाँको ३ लाख ६५ हजार ५४५ थान फोन भित्रीएको हो ।
विभागका अनुसार भारतबाट २ अर्ब ४१ करोड ९९ लाख ९ हजार रुपैयाँको ५७ हजार ४४१ थान फोन आयात भएको छ ।
नेपालमा चीन, भारतबाट मात्रै नभएर अमेरिका, जापान, अष्ट्रेलिया, यूएई, यूके, दक्षिण कोरिया, हङकङ, क्यानडा, कतार लगायत देशबाट आयात हुने गरेको छ । मध्येपूर्वका देशमा जाने श्रमिकहरुले स्वदेशमा फर्कदा फोन लिएर आउने गर्छन । यस्ता फोन भने व्यवसायीक भन्दा पनि निजी प्रयोजनका लागि हुने गरेका छन् ।
पछिल्लो केही बर्षयता नेपालमा स्मार्ट फोनको माग निकै बढेको छ । वैदेशिक रोजगार, युवाहरु वैदेशिक अध्ययनमा जाने, पछिल्लो समयमा बढेको डिजिटल कारोबारले गर्दा पनि स्मार्ट फोन बोक्ने प्रचलन बढेको छ ।








प्रतिक्रिया दिनुहोस्