काठमाडौं । हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच अन्तरबैंक रकमान्त सेवा सञ्चालन तथा सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक एससीटीको ‘स्मार्ट पे नेटवर्क’ मा आबद्ध भएको छ । यस आबद्धतासँगै अब हिमालयन बैंकका ग्राहकहरूले स्मार्टपे आइबिएफटीमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खातामा सहज र सुरक्षित रूपमा रकम रकमान्तर (फन्ड ट्रान्सफर) गर्न सक्नेछन् ।
एससीटीले विकास तथा सञ्चालन गरेको ‘स्मार्टपे आइबिएफटी’ सेवाले सहभागी बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहज बनाउँदै आएको छ । यस सेवाले विभिन्न वित्तीय क्षेत्रबीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन र वित्तीय पहुँच अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड ‘एसटीसी कार्ड’ को सुरुवात गर्ने संस्था हो। हाल एससीटीले विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स र सहकारी संस्थाहरूमार्फत ‘एसटीसी युनियमन पे’ कार्ड, भिसा कार्ड, मास्टरकार्ड, नेपालपे कार्ड, एटीएम, पीओएस, इन्टरनेट तथा मोबाइल बैंकिङ र स्मार्ट क्युआर लगायतका आधुनिक डिजिटल भुक्तानी सेवाहरू प्रवाह गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्