Skip to content

चोलेन्द्र पक्राउ प्रकरण: रास्वपा सांसद रञ्जु भन्छिन्-सरकारको सुरताल मिलेन 

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे टिप्पणी गरेकी छिन् ।
उनले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया र प्रमाणको आधार महत्त्वपूर्ण हुने बताएकी हुन् ।
‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नपर्छ,’ उनले लेखेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’
उनले कानुनको शासनको मूल मर्म अधिकारको प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नु रहेको उल्लेख गरेकी छन् ।  ‘कानुनको शासन भनेकै यही हो । अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ दर्शनाले भनेकी छन् ।
दर्शनाले आफ्नो स्ट्याटसमा राणालाई ‘सुरक्षित स्थानमा केही समयको स्थानान्तरण गर्न गरिएको पक्राउ’ भनेर उल्लेख गर्दै उनको सुरक्षाका लागि सतर्कता बढाउन पनि आग्रह गरेकी छन् । साथै, कुनै पनि ‘जेनेरेशन’ले उनलाई धम्की दिन नसक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुले शनिबार मध्यरात नियन्त्रणमा लिएको थियो । मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको दिएन । आइतबार दिनभरजस्तो कार्यालयमा राखेर अपराह्नतिर आफन्तको जिम्मा लगाइएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima