काठमाडौं । नेपाल ब्रोकर एसोशिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले फोकटमा दिने सुुझावले सेयर बजार सुधार नहुने बताएका छन् । अर्थ समितिको बैठकमा सेयर बजारबारे भएको छलफलमा यस्तो बताए ।
उनले सामाजिक सञ्जाल नियमनमा नभएर यसले समस्या सृजना गरेको उनको भनाइ छ । फोकटमा परामर्श दिनेले बजारलाई बिगारेको उनको दाबी छ ।
उनले आगामी दिनमा योग्य संस्थागत लगानीकर्ताको भूमिका बढाउन सरकारलाई सुझाव दिए । ‘धेरै पहिलादेखि संस्थागत लगानीकर्तालाई बजारको ड्राइभर बनाउने र व्यक्तिगत लगानीकर्तालाई संरक्षण गर्ने भनिएको थियो” उनले भने “ तर संस्थागत लगानीकर्तालाई खुम्च्याई राखेका छौ प्रवेशमा रोकिराखेका छौ ।” त्यसका लागि कर बाधक भएको उनको ब्ुझाइ छ ।
“व्यक्तिगत रुपमा कारोबार गर्दा ३.७५ प्रतिशत कर तिरे पुग्छ” उनले भने “संस्थागत लगानीकर्ताको बार्षिक कर २५ हो की ३० हो भन्ने विवाद छ ।” यो घटाउनु पर्ने उनको भनाइ छ । व्यक्तिगत रुपमा कारोबार गर्दा ५ प्रतिशत कर तिरे पुग्ने, संस्थागतमा २५, ३० प्रतिशत तिर्नु परेपछि नआउने उनको बुझाई छ ।
व्यक्तिगत लगानीकर्ताले चलाएको बजारमा समस्या आउने र हल्ला गर्न थाल्ने उनको धारणा छ । उनले आईपीओ ल्याउनेलाई ३० प्रतिशत संस्थापकले राख्नु पर्ने, आईपीओबाट उठाएको पैसा कहाँ कसरी लगानी भएको छ, सही ठाँउमा लगानी भएको छ की छैन हेर्नपर्नु सुझाव दिए ।
सेयर ल्याउने बेला नै कसलाई हेरेर आईपीओ ल्याउन दिएको हो ? यसको स्वामित्व कति छ त्यो पनि हेर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्