काठमाडौं । सोपान फर्मास्युटिकल्सले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको २ लाख १४ हजार ५ सय कित्ता साधारण सेयरको लक-इन अवधि समाप्त हुने भएकाे छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएकाे सेयरकाे लक-इन कात्तिक १६ गते समाप्त हुने भएकाे हाे ।
कम्पनीले सार्वजनिक निष्काशन गर्नुअघि सामूहिक लगानी कोषका लागि कम्तीमा ५ प्रतिशत सेयर छुटाउनुपर्ने व्यवस्थाअनुसार उक्त सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियाे ।
कम्पनीको साधारण सेयर २०८३ वैशाख १७ गते सर्वसाधारणका लागि बाँडफाँड गरिएको थियो । नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार सार्वजनिक निष्कासनमार्फत शेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर लक-इनमा राख्नुपर्ने हुन्छ।
सोही व्यवस्थाअनुसार लक-इनमा रहेको २ लाख १४ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि कात्तिक १६ गते समाप्त हुने कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्