काठमाडौं । सांसद भीष्म आङदेम्बेले सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहारप्रति संसदमा प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रश्न गरेका हुन् ।
उनले सरकारले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका निजी क्षेत्रमा हुकुमी दण्डा लगाएर, त्रसाएर, थुन्ने काम गरेको बताए । उनले निजी क्षेत्रलाई विश्वासको वातावरण बनाएर मात्रै काम गर्न सकिने धारणा राखे । यी विषयमा सरकार अनविज्ञ जस्तो देखिएको बताए । बैठकमा उनले करिब आधा दर्जन प्रश्न गरेका छन् ।
स्वदेशी उद्यमीले नयाँ उद्योग खोल्ने सोच बनाएकी पुँजी सुरक्षित गर्न थाले ?
व्यवसायीले लगानी बढाएकी व्यवसाय घटाउँदै लगे ?
सेयर बजारमा के कस्ता आकर्षण छन् ?
आम मानिसको लगानी कति सुरक्षित छ ?
निजी क्षेत्रले सरकारलाई साझेदार ठान्यो की नियामक मात्रै ठान्यो ?
सामान्य कानूनको प्रयोगमा निजी क्षेत्रप्रति सरकार कुनै अपराधीले झै व्यवहार किन गरिरहेको छ ? जस्ता प्रश्न गरेका छन् ।
“सरकारलाई पक्कै थाहा हुनुपर्छ की यही निजी क्षेत्रले तिरेको करबाट हाम्रो शासन, प्रशासन, मुलुक चलेको छ । हाम्रो सेवा सुविधा त्यसैमा आश्रीत छ । यस क्षेत्रलाई राज्यले व्यवस्थित, उत्प्रेरित गर्दै जानु राज्यको कर्तव्य हुनुपर्नेमा हरपल हतोत्साहित गर्ने, भएमा राख्ने किन गरिरहेको छ ? यी सुन्दा सामान्य लाग्ने प्रश्नहरुमा सरकारको वास्तविका आर्थिक नीति गति र गन्तव्य देखाउँछ” उनले भने ।









प्रतिक्रिया दिनुहोस्