Skip to content

सेयर बजार ११.९० अंकले घट्यो, २०७ कम्पनीका लगानीकर्ताले गुमाए 

काठमाडौं । शुक्रबार सेयर बजार घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा पुगेको छ ।
सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार  ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार सेयर कारोबार भएको बजारमा आज ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको २०७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ६१ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ११ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima