Skip to content

‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’

काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य उत्पादनहरू बजारमा पठाइएको आइईएले जानकारी गराएको छ ।

यो अन्तर्राष्ट्रिय बजारमा इन्धनको कमी हुन नदिन मार्चमा प्रतिवद्धता गरिएको ४० करोड ब्यारेलमध्येको आपूर्ति हो ।

यो अद्यावधिक विश्वका प्रमुख सात शक्तिशाली अर्थतनत्र (जी–७) देशहरूले आइईएसँग समन्वय गरी अमेरिका–इरान युद्धको असरबाट उत्पन्न विश्वव्यापी ऊर्जा आपूर्ति चिन्ता कम गर्न तुरुन्तै अतिरिक्त १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा पठाउने गर्ने सहमति जनाएको भोलिपल्ट आएको हो।

यो १० करोड ब्यारेलमा आइईएको मार्चमा जनाइएको प्रतिबद्धताबाट बाँकी रहेको सात करोड ५० लाख ब्यारेल समावेश गरिएको छ कि त्यो अतिरिक्त हो त्यो कुरा जी–७ ले स्पष्ट उल्लेख गरेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima