Skip to content

व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार पठाइयो

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा सजाय भोगिरहेका व्यवसायी दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ।

कारागार कार्यालय, नख्खु–ललितपुरले असोज १७ गते जारी गरेको पत्रअनुसार भट्टलाई कारागार व्यवस्थापन विभागको निर्णयबमोजिम सिन्धुपाल्चोक कारागार पठाइएको हो। पत्रमा कारागार व्यवस्थापन विभागको निर्णयअनुसार आवश्यक कागजात तथा सम्बन्धित फाइलसहित भट्टलाई स्थानान्तरण गरिएको उल्लेख छ।

कारागार प्रशासनले सिन्धुपाल्चोक कारागारलाई सम्बोधन गर्दै भट्टलाई बुझी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

पत्रअनुसार ललितपुर महानगरपालिका–२ निवासी दीपक भट्ट सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका थिए। उनको आचरण ‘सामान्य’ रहेको पनि कारागारको अभिलेखमा उल्लेख गरिएको छ।

उक्त पत्रको बोधार्थ उच्च अदालत पाटन, विशेष अदालत, कारागार व्यवस्थापन विभाग तथा नेपाल कारागार सुरक्षा व्यवस्थासँग सम्बन्धित निकायहरूलाई समेत पठाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima