काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीलाई तलब भत्ता बापत १ करोड ५५ लाख १ हजार ६ सय रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओलाई तलब भत्ता बापत उक्त रकम भुक्तानी गरेको हो । बैंकले सीईओले तलब बापत ७५ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै भत्ता बापत ५० लाख ४० हजार, सञ्चय कोषबापत ७ लाख ५९ हजार ६ सय, बिदा वापत १० लाख ५३ हजार रुपैयाँ र दशैं भत्ताबापत १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै बैंकले सीईओलाई यो बाहेक कर्मचारी बोनसबापत ३६ लाख ९० हजार ६०७ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सीईओलाई यो बाहेक टेलिफोन तथा मोबाइल खर्च, सवारी साधन मर्मत र इन्धन खर्च दिने गरेको छ ।
बैंकले टेलिफोन तथा मोबाइल खर्चका लागि ४६ हजार ७ सय रुपैयाँ, सवारी साधन मर्मत ४४ हजार ४०६ रुपैयाँ र इन्धन खर्च १ लाख ३७ हजार ६५ रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब भत्ताबाट सीईओले राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।
यस्तै बैंकले अध्यक्ष तथा सञ्चालक समितिलाई बैठक तथा अन्य भत्ता बापत १९ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । बैंकले सञ्चालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत प्रति बैठक २५ हजार तथा सञ्चालक समिति सदस्यलाई बैठक भत्ता वापत प्रति बैठक २२ हजार दिने गरेको छ ।
बैंकले सञ्चालकहरुलाई पत्रपत्रिका तथा यातायात सुविधा वापत मासिक २५ हजार प्रदान गर्ने व्यवस्था रहेको छ । उक्त अवधिमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता १९ लाख ८१ हजार सञ्चालक समिति स्तरिय समितिहरुका सदस्यहरुलाई बैठक भत्ता बापत १५ लाख १८ हजार रुपैयाँ प्रदान गरेको छ ।
सञ्चालक समितिको बैठक तथा अन्य कार्यहरुका लागि ७९ लाख ९४ हजार ९३९ रुपैयाँ खर्च भएको छ ।









प्रतिक्रिया दिनुहोस्