Skip to content

नेपालमा युरोपको लगानी व्यापार बढाउन लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

युरोप । नेपाल र युरोपबीच व्यापार, लगानी, प्रविधि, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थपविस्तार गर्ने उद्देश्यसहित आगामी मंसिर १३ र १४ गते (२९–३० नोभेम्बर २०२६) लक्जेम्बर्गमादुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।

नेपाली व्यवसायी संघ युरोपले लक्जेम्बर्गस्थित एक होटलमा सम्मेलन आयोजना गर्न लागेकोहो। बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावास, ब्रसेल्सको संरक्षणमा सम्मेलन सञ्चालन हुनेछ।

‘सरकार, निजी क्षेत्र र प्राज्ञिक समुदायलाई नेपाल–युरोप साझेदारीका लागि एकताबद्ध गरौं’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा नेपाल र युरोपबीचको आर्थिक तथा व्यावसायिकसम्बन्धलाई संस्थागत र परिणाममुखी बनाउने विषयमा व्यापक छलफल हुने आयोजकलेजनाएको छ।

सम्मेलनमा व्यापार तथा लगानी, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन र व्यावसायिक सहकार्य गरी पाँच प्रमुख विषयमा केन्द्रित छलफल हुनेछ। यी क्षेत्रमार्फतनेपाल र युरोपबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, ज्ञान तथा प्रविधि हस्तान्तरण, पर्यटनविकास र दीर्घकालीन साझेदारीका सम्भावनालाई अगाडि बढाउने लक्ष्य राखिएको छ।

आयोजकका अनुसार सम्मेलनमा नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्र, लगानीकर्ता, व्यवसायी, आयातकर्ता–निर्यातकर्ता, सूचना प्रविधि क्षेत्र, पर्यटन व्यवसायी, विश्वविद्यालय तथाप्राज्ञिक क्षेत्र, युवा उद्यमी, नेपाली डायस्पोरा तथा युरोपेली व्यावसायिक संस्थाका प्रतिनिधिकोसहभागिता रहनेछ। नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायका उच्च अधिकारीलाईसमेत औपचारिक निमन्त्रणा पठाइएको छ।

व्यापार तथा लगानीतर्फ नेपाली वस्तु तथा सेवाको युरोपेली बजारमा पहुँच, गुणस्तर तथाप्रमाणीकरण, आयात–निर्यातका चुनौती, लगानीयोग्य क्षेत्र, संयुक्त लगानी र डायस्पोरालगानीका सम्भावनामाथि छलफल हुनेछ। त्यस्तै, नेपालको बढ्दो सूचना प्रविधि क्षमता रयुरोपेली बजारबीच सहकार्य विस्तारका विषयलाई पनि प्राथमिकतामा राखिनेछ।

पर्यटन क्षेत्रतर्फ नेपाललाई हिमाली तथा साहसिक पर्यटनमा मात्र सीमित नराखी स्वास्थ्य, आरोग्य, आध्यात्मिक, सांस्कृतिक तथा वातावरणमैत्री पर्यटनको गन्तव्यका रूपमा युरोपेलीबजारमा प्रवर्द्धन गर्ने विषयमा विशेष छलफल हुने जनाइएको छ। युवा उद्यमशीलता, नवप्रवर्तन, नयाँ व्यवसाय, लगानी र सीमापार उद्यमशीलताका अवसरबारे पनि बहस हुनेछ।

सम्मेलनको विशेष आकर्षणका रूपमा नेपाली तथा युरोपेली व्यवसायीबीच प्रत्यक्ष व्यावसायिकभेटघाट तथा साझेदारीका कार्यक्रम राखिएका छन्। यसमार्फत निर्यातकर्ता र आयातकर्ता, लगानीकर्ता र परियोजना प्रवर्द्धक, सूचना प्रविधि कम्पनी तथा अन्य सम्भावित साझेदारबीचसहकार्यको आधार तयार गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ।

सम्मेलनबाट नयाँ व्यावसायिक सम्बन्ध, लगानीका अवसर, संयुक्त उद्यम, प्रविधि साझेदारी, पर्यटन सहकार्य तथा संस्थागत सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। सम्मेलनबाट प्राप्तसुझाव तथा निष्कर्षलाई समेटेर नेपाल–युरोप आर्थिक सहकार्यसम्बन्धी नीतिगत सन्दर्भदस्तावेजसमेत तयार गरिने जनाइएको छ।

यसैबीच, सम्मेलनमा सहभागी हुन चाहने युरोपस्थित नेपाली व्यवसायी, उद्यमी, लगानीकर्ता, पर्यटन तथा सूचना प्रविधि क्षेत्रका प्रतिनिधि, पेशाकर्मी र संस्थाका प्रतिनिधिका लागि प्रतिनिधिदर्ता खुला गरिएको छ। इच्छुक सहभागीलाई समयमै दर्ता प्रक्रिया पूरा गर्न आयोजकले आग्रहगरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima