Skip to content

विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंक बन्यो लचक, अग्रिम भुक्तानीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा भुक्तानीमा लचक बनेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै विदेशी मुद्रा कारोबार तथा भुक्तानीमा चलक बनेको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै कारोबारको सिमा बढाएको छ । केही नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात मूल्यको न्यूनतम १० प्रतिशत रकम सामान हुनुपूर्व नै पठाइसकेको हुनु पर्नेछ र भन्सारबाट सामान जाँचपास हुनुपूर्व नै पूर्ण भुक्तानी पठाइसकेको हुनु पर्नेछ ।

वस्तु आयात मूल्यको न्यूनतम १० प्रतिशत रकम सामान हुनुपूर्व नै पठाइसकेको हुनु पर्नेछ र भन्सारबाट सामान जाँचपास हुनुपूर्व नै पूर्ण भुक्तानी पठाइसकेको हुनु पर्नेछ ।

यस्तै टी.टी. को माध्यमबाट आयात हुने वस्तुको सिपमेन्ट हुनुपूर्व आंशिक भुक्तानी भएको मासिक विवरण महिना समाप्त भएको १५ दिन भित्र यस विभागमा पेश गर्नुपर्नेछ ।

नेपाली वायुसेवा कम्पनीहरूले हवाई जहाजका इन्जिन वा पार्टपूर्जा जस्ता सामान आयात गर्दा सम्बन्धित नियमनकारी निकाय (नेपाल नागरिक उडड्यन प्राधिकरण) को सिफारिस समेतका कागजातका आधारमा प्रचलित व्यवस्था अन्तर्गत रही अमेरिकी डलर ५ लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयमले पठाउन सक्नेछन् । यसअघि यस्तो सिमा १ लाख डलर रहेको थियो ।

विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई देहाय बमोजिमको प्रकृया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यस्तो सुविधा १५ हजार डलर सुविधा रहेको थियो ।

दूर संचार सम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरूले विदेशी सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा कागजात लिई भाडा बापत वार्षिक अमेरिकी डलर ५ लाखसम्मकोभुक्तानी बैंक तथा वित्तीय सस्था स्वयम्ले गर्न सक्नेछन । यसअघि १ लाख डलर रहेको थियो ।

नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसको आधारमा प्रति पटक अमेरिकी डलर ३० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ । प्रति पटक अमेरिकी डलर ३० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीको लागि नियामक निकायको
सिफारिस सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । यसअघि १५ हजार डलर सुविधा रहेको थियो ।

साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रति पटक अमेरिकी डलर ८ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीको लागि समेत यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ ।

यस्तै सेवा आयात गर्दाको हकमा यस परिपत्रमा उल्लिखित अन्य व्यवस्थाहरुको पालना हुने गरी प्रति पटक अमेरिकी डलर ३० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा भन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्नेछ । यसअघि यस्तो सुविधा १५ हजार रहेको थियो ।

नेपाली तथा विदेशी संघ/संस्था/कम्पनी आदिले भारतस्थित संघ/संस्था/कम्पनीसँग विविध सेवा सुविधा लिने सम्झौता/सहमति बमोजिमको प्रति पटक भारतीय रुपैयाँ ६० लाखसम्मको भुक्तानी वाणिज्य बैंकहरूबाट माथि दफा २ मा उल्लेखित कागजातहरूका अतिरिक्त भुक्तानी गर्नु पर्ने रकमको लागि सम्बन्धित नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिस भएको पत्र लिई सटही सुविधा प्रदान गर्न सकिनेछ ।

प्रति पटक भारतीय रुपैयाँ ६० लाखभन्दा माथिको भुक्तानी तथा नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा सोभन्दा कम रकममा समेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । यसअघि ४० लाख रुपैयाँ रहेको थियो ।

हवाई जहाजका इन्जिन वा पार्टपूर्जा जस्ता सामान विदेश लगी मर्मत गरी ल्याउने प्रयोजनका कागजातका आधारमा प्रचलित व्यवस्था अन्तर्गत रही अमेरिकी डलर ५ लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्थाबाट
पठाउन सकिनेछ । यसअघि १ लाख रुपैयाँ रहेको थियी ।

निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो मुलुकको हकमा अमेरिकी डलर ३० हजार र भारतको हकमा भा.रु. ६० लाखको सीमाभित्र रहने गरी आयातको लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ । यसअघि १२ हजार डलर र ३० लाख भारु रहेको थियो ।

इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टको नाममा विदेशबाट वा नेपालमा विदेशी पर्यटकबाट सो प्रयोजनको लागि प्राप्त विदेशी मुद्रा भन्दा बढी नहुने गरी मात्र भुक्तानी पठाउन सकिनेछ ।

इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टले अन्य इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टबाट यस्तो सेवा खरिद गरी ग्राहकलाई उपलब्ध गराएमा उक्त सेवा बिक्री गर्ने इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टले देहायका शर्त पूरा हुने गरी विदेशी मुद्रा भुक्तानी पठाउन सक्नेछ ।

सेवा खरिद गर्ने इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टलाई विदेशी मुद्राको विजक जारी गरेको हुनुपर्ने, सेवा खरिद गर्ने इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टबाट बैंक खातामा विदेशी मुद्रा प्राप्त गरेको हुनुपर्ने, सेवा खरिद गर्ने इजाजतपत्रप्राप्त ट्राभल/टूर एजेन्टबाट सो प्रयोजनको लागि प्राप्त गरेको विदेशी मुद्रा भन्दा बढी नहुने गरी भुक्तानी गर्नुपर्ने छ ।

सूचना प्रविधि उद्योग, व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन उद्योग र उर्जामूलक उद्योगसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशी संस्थाबाट नेपालमा विदेशी ऋण भित्र्याउने प्रयोजनका
लागि इजाजतपत्रप्राप्त “क” वर्गका बैंकले विदेशी मुद्राको बैंक ग्यारेण्टी वा स्टयानबाइ लेटर अफ क्रेडिट जारी गर्न सक्नेछन् ।

यस्तै अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ्ग एजेन्सीबाट ए माइनस ए थ्री रेटिङ्ग वा सो भन्दा माथिल्लो वर्गको रेटिङ्ग रहेको देशको उच्च तरल विदेशी सरकारी ऋणपत्रमा गरेको लगानीको हकमा उक्त ४० प्रतिशतको कुल लगानी सीमामा १० प्रतिशत थप गरी बढीमा ५० प्रतिशत र अधिकतम ५ वर्षसम्मका लागि लगानी गर्न सक्नेछन् ।

सूचना प्रविधि उद्योग, व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन उद्योग र उर्जामूलक उद्योगले प्राप्त गर्ने विदेशी मुद्राको कर्जा सुविधा वा पूँजीगत वस्तु आयातका लागि बिक्रेताबाट उपलब्ध हुने उधारो सुविधाको विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि उपलब्ध गराउने हेजिङ सेवाको अवधि तथा रकमभन्दा बढी नहुने गरी बढीमा ५ वर्ष
अवधिका त्यस्ता वित्तीय उपकरणमा लगानी गर्न सक्नेछन् । यो नयाँ व्यवस्था हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima