Skip to content

जुम्लामा पाक्न थाल्यो मार्सीधान

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् ।

पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ ।

मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ । कार्यक्राअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन, रैथाने बाली विकास र संरक्षणका लागि प्रदेशको कृषि मन्त्रालयबाट ८ लाख ५० हजार बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाबाट मार्सीधान ब्लक विकास कार्यक्रमका लागि ८ लाख प्राप्त भएको छ । जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेतीहुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताए ।

गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन मार्सी धानको चामल बिक्री वितरण गरिएको थियो । सोबाट तीन करोड ५० लाख किसानले आम्दानी गरेको कार्यालयले जनाएको छ । कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima