काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका पुष्पाञ्जली लक्की निर्माण सेवाका सञ्चालक लक्ष्मण थोकर पक्राउ परेका छन्। बतास ट्याक्टर प्रालिका तर्फबाट अख्तियारप्राप्त दिनेश गतराजको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी लक्ष्मण थोकर रहेको बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८३ असोज २ गते फैसला गरेको थियो ।
अदालतको फैसलाअनुसार दक्षिणकाली नगरपालिका–६ निवासी ४२ वर्षीय थोकरलाई १ करोड ३ लाख रुपैयाँ बिगो, बिगोको ५ प्रतिशत जरिवाना तथा ६ महिना कैद सजाय ठहर भएको थियो ।
तर, अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि थोकर फरार रहेका थिए। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई २०८३ असोज २० गते काठमाडौं महानगरपालिका–२७, महाबौद्धबाट पक्राउ गरेको हो।









प्रतिक्रिया दिनुहोस्