Skip to content

दशैंका लागि २३ गतेदेखि अग्रिम टिकट खुल्ने

काठमाडौं । दशैंका लागि असोज २३ गतेदेखि सवारी साधनका लागि अग्रिम टिकट खुल्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौंलाका अनुसार आज यातायात व्यवस्था विभागमा छलफल गरेर अग्रिम टिकट खोल्ने निर्णय भएको हो ।

विभागका साथै यातायात व्यवसायी, ट्राफिक प्रहरी,मजदुर सङ्गठन सहितको छलफलपछि २३ गतेबाट टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

छलफलमा लामो दूरीका बसमा दुई जना चालक अनिवार्य राख्नुपर्ने निर्णय समेत भएको छ । तोकिएको भाडाभन्दा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने व्यक्ति तथा व्यवसायीलाई कारबाही गरिने भएको छ ।

दसैँको समयमा राजधानीबाट  विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।
यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको बताइएको छ ।
यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।
दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima