Skip to content

चर्को हवाई भाडाको गुनासो आउन थालेपछि क्यानले गर्यो आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल, स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्न सहमति

काठमाडौं । चाडपर्व नजिकिएसँगै हवाई भाडा बढाइएको गुनासो आउन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ। छलफलपछि वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले आज आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर भाडादरका विषयमा छलफल गरेको हो।
छलफलमा स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री तथा वितरण गर्ने र सोसम्बन्धी जानकारी सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा स्पष्ट रूपमा प्रकाशित गर्ने सहमति भएको छ ।
क्यानका अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर २०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट निर्धारण गरिएको थियो। सोही स्वीकृत भाडादरको सीमाभित्र रहेर वायुसेवा कम्पनीहरूले टिकट बिक्री गर्नुपर्ने व्यवस्था छ ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले हवाई टिकटमा मनपरी मूल्यवृद्धि हुन नदिन क्यानले वायुसेवा कम्पनीलाई सहजीकरण तथा निगरानी बढाउने जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima