काठमाडौं । कुमारी बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको संस्थापक सेयर बिक्री गर्ने भएका हुन ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि सेयर खरिद गर्न सूचना प्रकाशित गरेको थियो । तर, तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब संस्थापक सेयरभन्दा बाहिरका सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
बैंकले इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं मा पुग्ने गरी दिनुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्