Skip to content

दसैँ–तिहार लक्षित भिभोको नयाँ अफर, स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका

काठमाडौं । दसैँ र तिहारको रौनक बढेसँगै भिभोले “भिभो फेस्टिभ सेयर”  नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ । “तपाईँको सानो साथ, कसैको ठूलो चाड” भन्ने मूल अभिधारणा सहित सञ्चालन भइरहेको यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् ।
असोज १५ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले स्पिन एण्ड विनमा सहभागी हुन र विभिन्न आकर्षक उपहारहरूमा भिभो स्मार्टफोन, भिभो स्पिकर, भिभो नेकब्यान्ड, भिभो मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टी प्राप्त गर्न सक्नेछन्। अभियानलाई अझ रोमाञ्चक बनाउन स्पिन एन्ड विनमा सहभागी हुने प्रत्येक योग्य ग्राहक बम्पर पुरस्कारका लागि पनि स्वतः योग्य हुनेछन्, जसअन्तर्गत दुई भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् ।
अभियानको मुख्य आकर्षणका रूपमा १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर राखिएको छ, जसलाई ग्राहकले आफ्ना साथी, परिवारका सदस्य वा प्रियजनसँग साटासाट गर्न सक्नेछन् । एक जनाले प्राप्त गरेको लाभ अर्को व्यक्तिसम्म पुर्याउने अवधारणा अघि सार्दै कम्पनीले यसलाई अभियानको विशेषता भएको जनाएको छ । अभियानबारे बोल्दै भिभोका ब्रान्ड म्यानेजर दिपेश खनालले दसैँ र तिहारको अवसरमा ग्राहकसँग जोडिन र चाडपर्वको खुसी बाँड्ने अवधारणालाई अभियानमार्फत अघि बढाइएको बताए ।
“दसैँ र तिहार परिवार तथा प्रियजनसँग एकसाथ आउने र खुसी बाँड्ने समय हो। त्यसैले हामीले यसपटकको चाडपर्व अभियानलाई केवल अफरका रूपमा नभई आफूले पाएको लाभ अरूसँग पनि बाँड्न सकिने अवधारणासँग जोड्ने प्रयास गरेका छौँ । “तपाईँको सानो साथ, कसैको ठूलो चाड” ले एउटा सानो सहयोग वा साथले अर्को व्यक्तिको चाडलाई अझ विशेष बनाउन सक्छ भन्ने हाम्रो विश्वासलाई प्रतिनिधित्व गर्छ,” खनालले भने ।
भिभोका अनुसार ‘भिभो फेस्टिभ सेयर’ मार्फत चाडपर्वको समयमा ग्राहकलाई विभिन्न पुरस्कार र सुविधासँग जोड्दै आफ्ना प्रियजनसँग खुसी बाँड्ने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । अभियान अवधिभर ग्राहकहरूले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत विक्रेताबाट भिभो स्मार्टफोन खरिद गरी स्पिन एण्ड विनमा सहभागी हुन सक्नेछन् । यससँगै ग्राहकले १० हजार रुपैयाँसम्मको क्यास डिस्काउन्ट भाउचर तथा थाइल्यान्ड भ्रमणलगायतका पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima