Skip to content

नोबेल शान्ति पुरस्कार जित्ने नाभानेथम पिल्ले को हुन् ?

काठमाडौं । नर्वेली नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार नाभानेथम ‘नवी’ पिल्ले लाई प्रदान गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय कानुनको प्रवर्धन, मानवअधिकारको रक्षा र विश्वव्यापी न्यायप्रणालीलाई सुदृढ बनाउन पुर्‍याएको योगदानको कदर गर्दै ८६ वर्षीया पिल्लेलाई यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

दक्षिण अफ्रिकामा रंगभेद विरुद्धको आन्दोलनमा नेल्सन मण्डेला लगायतका नेताहरूको वकालत गरेर पिल्लेले आफ्नो करियर सुरु गरेकी थिइन् । भारतीय मूलकी पिल्लेले अन्तर्राष्ट्रिय अपराध अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण र दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीशको रूपमा सेवा गरिसकेकी छन् ।

रुवान्डा न्यायाधिकरणमा रहँदा उनले बलात्कार र यौन हिंसालाई मानवता विरुद्धको अपराध र नरसंहारको रूपमा परिभाषित गरेकी थिइन् । उनले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको जिम्मेवारी पनि सम्हालिसकेकी छन् । हाल उनी म्यानमार विरुद्धको नरसंहार सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालतमा न्यायाधीशको रूपमा कार्यरत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima