Skip to content

नेपाल-इन्डोनेसियाबीच व्यापारिक सम्बन्ध बढाउने प्रतिबद्धता, राजदूत लिस्टियोवाती आइएमई ग्रुपमा

काठमाडौं । नेपालका लागि इन्डोनेसियाकी नवनियुक्त (प्रस्तावित) राजदूत लिन्डा लिस्टियोवातीलाई आइएमई ग्रुपले स्वागत गरेको छ ।

बङ्गलादेशको ढाकास्थित आवासिय कार्यालयबाट नेपालसमेत हेर्ने गरी जिम्मेवारी सम्हालेकी राजदूत लिस्टियोवाती आइएमई ग्रुपको केन्द्रीय कार्यालय पुगेकी हुन् ।

नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि आपसी सहयोग, भाइचारा र साझा मूल्यमान्यतामा आधारित सुमधुर द्विपक्षीय सम्बन्ध रहँदै आएको छ ।

कार्यक्रममा दुई देशबीचको आर्थिक, व्यापारिक तथा बहुपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने र व्यावसायिक सहकार्यका नयाँ सम्भावनाहरू पहिल्याउने विषयमा छलफल भएको बताइएको छ ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले राजदूत लिस्टियोवातीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । ढकालले उनको प्रतिबद्धताले दुई देशबीचको व्यावसायिक तथा कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima