काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
जसमा कृषि विकास (४ जना), गोरखा (११ जना), आईडियल यमुना (६ जना), कान्तिपुर (८० जना), नेपाल वित्तिय (१२ जना), ओरेन्टल (३७ जना),शिव शिखर (६२ जना), पशुपति (४ जना), तपाईं हाम्रो (१० जना), स्ट्यान्डर्ड सेभिङ (४ जना), लालीगुराँस (१३जना) र गौतम श्री (१ जना) रहेका छन् ।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्