काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।
बजार मापन गर्ने सूचक ४.१२ अंकले बढेर परिसूचक २५९९.९३ बिन्दु कायम भएको छ ।
निकै उतार चढाबपछि बजारमा सामान्य सुधार देखिएको हो । इन्ट्रा डे कारोबारमा घटेर २५८९ सम्म पुगेको बजार अन्तिम समयमा केही सुधार आएको छ ।
कारोबारमा ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, जीवन बीमा कम्पनी, निर्जीबन बीमा उपसूहको सूचक बढेको छ भने बाँकी उपसूमहको सूचक घटेको छ ।
कारोबारमा सगरमाथा जलविद्युत कम्पनी, ओरियन्टल होटल, सन नेपाल लाइफ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने स्नो रिभर्स, धौलागिरी लघुवित्त, कुथली बुखरी स्मल जलविद्युत आयोजनाका लगानीकर्ताले गुमाएका छन् ।










प्रतिक्रिया दिनुहोस्