Skip to content

निर्देशक गिरीप्रसाद भुसाल सम्मानित

काठमाडौं । विश्व हिन्दु कलाकार मञ्च नेपालले सञ्चारकर्मी तथा निर्देशक गिरीप्रसाद भुसाललाई सम्मान गरेको छ । संस्थालाई पुर्‍याएको विशेष योगदानको कदर गर्दै मञ्चले उनलाई सम्मान गरेको हो ।

लुम्बिनीका भुसाल सञ्चारकर्मसँगै कला क्षेत्रमा पनि सक्रिय छन् । उनी भिडियो सम्पादक, समाचार वाचक, क्यामेरा अपरेटर, छायाकार तथा निर्देशकका रूपमा परिचित छन् । उनले दर्जनौँ टेलिशृङ्खला, म्युजिक भिडियो र वृत्तचित्रमा छायाङ्कन, निर्देशन तथा सम्पादनको काम गरेका छन् ।

लामो समयदेखि कला क्षेत्रमा आबद्ध भुसाल पछिल्लो समय सञ्चारकर्ममा सक्रिय छन् । उनी हाल बाह्रखरी मिडियामा भिडियो सम्पादकका रूपमा कार्यरत छन् । यसअघि उनले सन् २०२२ देखि २०२५ सम्म अन्नपूर्ण नेटवर्क मिडियामा भिडियो सम्पादक तथा संवाददाताका रूपमा काम गरेका थिए ।

त्यसैगरी, उनले सन् २०१९ देखि २०२२ सम्म नेपाल समयमा र सन् २०१६ मा विन्ध्यवासिनी म्युजिकमा भिडियो सम्पादकका रूपमा काम गरेका थिए ।

भुसालसँग समाचारका लागि अनुसन्धान गर्ने, स्क्रिप्ट लेख्ने, अन्तर्वार्ता लिने तथा भिडियो सम्पादन गर्ने अनुभव छ । उनी भिडियो सम्पादन, फोटो सम्पादन र मल्टिमिडियामा दक्ष छन् । प्राविधिक सीपसँगै टोलीमा काम गर्ने तथा नेतृत्व गर्ने क्षमता पनि उनीसँग छ ।

नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने भुसालले पत्रकारिता र मल्टिमिडियासम्बन्धी तालिमसमेत लिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima