काठमाडाैं । नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा घरपरिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ। दसैँमा परिवारसँगै बसेर मिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परा छ। यही विशेष अवसरमा एलिकाले नेपाली परिवारका लागि स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका पलहरूको सन्देशसहित दसैँको शुभकामना व्यक्त गरेको छ।
‘ताजगीको एक सास’ भन्ने भावनासहित एलिका चिम्नीले खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्ध व्यवस्थापन गर्न सहयोग गर्ने प्रविधि प्रस्तुत गरेको छ। यसले भान्सालाई थप सहज र आरामदायी बनाउन मद्दत गर्ने कम्पनीको विश्वास छ।
एलिका चिम्नीका प्रमुख विशेषता
ऊर्जा बचत: ऊर्जाको प्रभावकारी प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको प्रविधिले दैनिक प्रयोगमा ऊर्जा बचत गर्न सहयोग गर्छ । शक्तिशाली सक्सन: खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्धलाई प्रभावकारी रूपमा तान्न सक्ने क्षमता यस चिम्नीको प्रमुख विशेषता हो ।
शान्त सञ्चालन: कम आवाजमा सञ्चालन हुने प्रविधिले भान्साको वातावरणलाई सहज र आरामदायी बनाउन मद्दत गर्छ । भोल्टेज उतारचढावमा सहज: फ्लेक्सी भोल्टेज प्रविधिले १४० देखि २७० भोल्टसम्मको दायरामा सञ्चालन हुन सहयोग गर्छ। यसले विद्युत् भोल्टेजमा हुने उतारचढावका बीच पनि उपकरण प्रयोगलाई सहज बनाउने कम्पनीको भनाइ छ।
आवश्यकताअनुसार गति समायोजन: इन्टेलिजेन्ट स्पिड प्रविधिले आवश्यकताअनुसार सक्सनको गति व्यवस्थापन गर्न सहयोग गर्छ । मोटरमा १५ वर्षको वारेन्टी: एलिकाले चिम्नीको मोटरमा १५ वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ।
यस दसैँमा खाना मात्र होइन, ताजगी पनि
दसैँमा घरको भान्सा अरू समयभन्दा बढी व्यस्त हुन्छ । परिवारका लागि विभिन्न परिकार तयार पार्दा धुवाँ र गन्ध पनि बढ्न सक्छ। यस्तो अवस्थामा चिम्नीले भान्साको हावा व्यवस्थापन गर्न सहयोग गर्छ ।
स्वच्छ हावा, स्वादिलो खाना र सुन्दर भान्साको अवधारणालाई अघि सार्दै एलिकाले यस दसैँमा परिवारसँगै बसेर परिकारको आनन्द लिँदा भान्साको वातावरणलाई पनि सहज बनाउन सकिने सन्देश दिएको छ ।
एलिकाले सम्पूर्ण नेपाली परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीले भरिएको बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।











प्रतिक्रिया दिनुहोस्