Skip to content

एनपीएललाई देशव्यापी बनाउन आठ सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने

nabil
global ime
काठमाडौं । चाडपर्वहरूका बीच नेपाली क्रिकेटको पर्वका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। यसैबीच एनपीएललाई देशव्यापी विस्तार गर्ने लक्ष्यसहित देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको छ।
‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्न सकिने गरी फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको  भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो फेसबूक मार्फत जानकारी दिएका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस योजनाले एनपीएललाई देशका विभिन्न सहरमा विस्तार गर्नुका साथै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
प्रस्तावित योजनाअनुसार रंगशाला निर्माण सम्पन्न भएमा देशका विभिन्न सहरमा एनपीएलका खेल सञ्चालन गर्न सकिनेछ। यसले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै क्रिकेट पूर्वाधारको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima