Skip to content

दसैँपछिको पहिलो कारोबार दिन नै घट्यो सेयर बजार 

nabil
global ime
काठमाडौं । दसैँ बिदापछिको पहिलो कारोबार दिन सेयर बजार घटेको छ ।  सोमबार सेयर बजार मापक  नेप्से परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ।
सेयर बजार मापक नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक आज सबैभन्दा धेरै १.२१ प्रतिशत घटेको छ।
आज बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima