Skip to content

आजका लागि कुन देशको मुद्राको विनिमयदर कति ?

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, युरोपेली युरोको खरिददर १७६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा रहेको छ ।

अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ २६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा रहेको छ। जापानी १० येनको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ ।

चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ। साउदी अरब रियालको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा रहेको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा रहेको छ ।

संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा तथा दक्षिण कोरियाली १०० वनको खरिददर ११ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा तथा डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २२ रुपैयाँ ८१ पैसा रहेको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा रहेको छ ।

कुवेती दिनारको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा तथा ओमानी रियालको खरिददर ३९३ रुपैयाँ ८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ६५ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima