काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछन् ।
अपराहन्न साढे १२ बजे पहिलो खेल हुनेछ । पहिलो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ । यस्तै दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र कुशल मल्लको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ ।
त्यस्तै अमेरिकन क्रिकेटर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सबीच खेल हुनेछ ।
सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।












प्रतिक्रिया दिनुहोस्