Skip to content

हिमालयन बैंकको बर्दिवास शाखा स्थानान्तरण हुँदै

nabil
global ime

काठमाडौं । हिमालयन बैंक लिमिटेडको बर्दिवास शाखा आगामी कार्तिक १६ गतेदेखि नयाँ स्थानबाट सञ्चालन हुने भएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको शाखा कार्यालय स्थानान्तरण गरी बर्दिवास नगरपालिका–१४, औरही रोडस्थित घर संसार डिपार्टमेन्ट स्टोर रहेको भवनबाट सेवा प्रवाह गरिनेछ। हालको शाखा कार्यालयबाट करिब १०० मिटर पूर्वमा रहेको उक्त भवनबाट बैंकिङ सेवा सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।

शाखा स्थानान्तरणसम्बन्धी सूचनामार्फत बैंकले सम्पूर्ण ग्राहकलाई नयाँ स्थानबाट सेवा सञ्चालन हुने जानकारी गराएको छ। साथै, स्थानान्तरणका कारण ग्राहकमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।

थप जानकारीका लागि ग्राहकले हिमालयन बैंक लिमिटेडको बर्दिवास शाखामा सम्पर्क गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima