Skip to content

हिमालयन बैंकले कमायो ६५ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

nabil
global ime

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा घटेको छ ।

चालु आवमा बैंकको नाफा गत आवको भन्दा ६.८४ प्रतिशतले घटेको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकसम्मको अवधिमा ६५ करोड ४८ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ७० करोड २८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । मुख्य आम्दानीको स्रोतमा आएको गिरावट र व्यवसाय विस्तारमा देखिएको सुस्तताका कारण बैंकको नाफा प्रभावित भएको हो ।

तीन महिनाको अवधिमा बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख रूपैयाँमा झरेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५० करोड ७१ लाख रूपैयाँ रहेको थियो । ब्याज आम्दानी घटे तापनि बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ५७ करोड ८९ लाख रूपैयाँबाट घटेर ३५ करोड ३१ लाख रूपैयाँमा झरेको छ । सो अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ५ करोड ६६ लाख रूपैयाँबाट सामान्य घटेर १ अर्ब ५४ लाख रूपैयाँ कायम भएको छ।

असोज मसान्तसम्ममा हिमालयनको कुल चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रूपैयाँ रहेको छ। बैंकले यस अवधिमा ३ खर्ब ५३ अर्ब ६५ करोड रूपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ३६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ। वित्तीय सूचकहरूर्फ हेर्दा बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) अघिल्लो वर्षको ७।३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६० रूपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष १२.४५ रूपैयाँ रहेको थियो । त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८०.४२ रूपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मकबाट ९ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक अवस्थमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T