Skip to content

आईपीओका लागि आवेदन दिएका करिब सवा सय कम्पनीलाई सेबोनले गर्‍यो वर्गीकरण, कुन समूहमा कति ?

'कागजात, विवरण तथा विवरणपत्र,तोकिएको कानूनी व्यवस्था,नियामकीय मापदण्ड बमोजिम नभएसम्म स्वीकृति नदिने'

nabil
global ime

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्काशनका लागि दिएक करिब सवा १ सय कम्पनीको वर्गिकरण गरेको छ ।

आईपीओका लागि आवेदन दिएका ११७ कम्पनीलाई सेबोनले ६ चरणमा वर्गिकरण गरेको छ ।

सेबोनले धितोपत्र दर्ता तथा प्रारम्भिक सार्वजनिक निष्काशनको स्वीकृतिका लागि बोर्डमा प्राप्त निवेदनको सूची बनाएको जनाएको छ ।

उक्त निवेदक कम्पनीहरूले पेश गरेका कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानूनी व्यवस्था तथा नियामकीय मापदण्ड बमोजिम नभएसम्म धितोपत्रको दर्ता तथा निष्काशनको स्वीकृति प्रदान नगरिने जनाएको छ ।

११७ कम्पनी ७१ अर्ब ४२ करोड २० लाख २३ हजार ४९६ रुपैयाँको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता आईपीओ निष्कासनका लागि सेबोनको पाइपलाइनमा रहेका छन् ।

सेबोनका अनुसार पहिलो चरणमा ७६ वटा कम्पनी रहेका छन् । यी कम्पनीहरुले सेबोनमा आईपीओका लागि आवेदन दिएपछि बोर्डले माग अनुसार पुरै कागजात दिएका छैनन् ।

दोस्रो चरणका कम्पनीमा ६ वटा कम्पनी रहेका छन् । तेस्रो चरणमा ४ वटा कम्पनी रहेका छन् । तीमध्ये दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन पाँचौँ चरणमा समीक्षा भइरहेको छ।

यस्तै चौथो चरणमा १९ वटा कम्पनी रहेका छन् । पाँचौ चरणमा १० वटा र छैटौं चरणामा २ सहित ११७ कम्पनी रहेका छन् ।

अन्तिम चरणमा रहेका दुई कम्पनीमा आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड रहेका छन् । यी दुई कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

आशुतोष इनर्जीले १२ करोड रुपैयाँको १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ करोड रुपैयाँको १७ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima