काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार विभाग, बबरमहलमा सुनका असर्फी र चाँदीका मेडालियन खरिद गर्ने सर्वसाधारणको भीड लागेको छ । तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आज बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएपछि खरिदकर्ताको भीड बढेको हो ।
राष्ट्र बैंकले यस वर्ष तिहारका लागि साढे २ ग्राम तौलका सुनका असर्फी र १० ग्राम तौलका चाँदीका सिक्का बिक्री गर्न लागेको छ ।
गत वर्ष चाँदीका मेडालियन मात्रै बिक्री गरेको राष्ट्र बैंकले सुनको अभावका कारण सुनका असर्फी बिक्री गरेको थिएन । तर, यस वर्ष वाणिज्य बैंकहरूबाट सुन खरिद गरी सर्वसाधारणलाई असर्फी बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार चाँदीका लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप अंकित मेडालियन बिक्री गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्