काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । संस्थाले सेयरधनीलाई २५ प्रतिशतका लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ११.९६ प्रतिशत र कर सहित १३.०३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्