काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा १४ करोड १२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १०.७८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधि यस कम्पनीले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको जीवन बीमा कोष पनि ४०.८३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १४ अर्ब १८ करोड ६२ लाख ४१ हजार रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १९ अर्ब ९७ करोड ७९ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल आम्दानीमा पनि २९.३४ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९८ करोड ३ लाख ६४ हजार रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर २ अर्ब ५६ करोड १५ लाख १ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमालेख संख्या ५ लाख २३ हजार १८७ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीसँग ४ लाख ६८ हजार ४६४ वटा बीमालेख रहेका थिए । यसअनुसार कम्पनीको बीमालेख संख्या ११.६८ प्रतिशतले बढेको हो ।
कम्पनीको रिटेन्ड अर्निङ पनि १४.४५ प्रतिशतले बढेर ८१ करोड ६४ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ७१ करोड ३३ लाख ५५ हजार रुपैयाँ थियो । त्यस्तै, विपत्ति कोषमा ३२ करोड ८८ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २।३९ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।
यसैगरी, कम्पनीले समीक्षा अवधिमा ३७ करोड १२ लाख १२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो भुक्तानी २६ करोड ३५ लाख ७२ हजार रुपैयाँ थियो । यसअनुसार दाबी भुक्तानी ४०.८४ प्रतिशतले बढेको छ । अर्कोतर्फ, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी भने १२.९० प्रतिशतले घटेर ३३ करोड १८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको कमिसन खर्च ४१.२८ प्रतिशतले बढेर १८ करोड ५६ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
यद्यपि, व्यवसाय विस्तार र आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको खुद नाफामा भने केही संकुचन आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड १२ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०.७८ प्रतिशतले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६७ पैसाबाट घटेर ११ रुपैयाँ ३० पैसामा झरेको छ । यता, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ १८ पैसा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्