Skip to content

एनपीएल: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र जनकपुर बोल्ट्स आमने सामने हुँदै

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् ।

काठमाडौं गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ हाल पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै जनकपुर बोल्ट्सले भने ६ खेलमा ४ अंक हासिल गरेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T