Skip to content

हुण्डी कारोबारको आशंकामा तीन जना पक्राउ, गाडीबाट १ करोड ६७ लाख रुपैयाँ बरामद

nabil
global ime

काठमाडौं । ललितपुरको नख्खु दोबाटोबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरू सवार गाडीबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले २०८३ मंसिर १ गते बिहान करिब १०ः३० बजे ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको हात्ती गाडी रोकेर जाँच गरेको थियो।

गाडी जाँच गर्ने क्रममा जयराम केसी, प्रज्वल रिजाल र दीपक खड्का फेला परेका थिए। उनीहरूको शरीर तथा गाडी खानतलासी गर्दा गाडीको पछाडिको ढालामा जडान गरिएको कन्टेनरभित्र लुकाएर राखिएको सेतो बोराबाट विभिन्न दरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त बोराबाट १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगद बरामद गरेको छ। साथै पक्राउ परेका तीनै जनाको साथबाट विभिन्न कम्पनीका तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीका २९ वर्षीय प्रज्वल रिजाल र भोजपुर नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का रहेका छन्।

प्रहरीका अनुसार बरामद नगद रकमको स्रोत खुलाउन नसकेपछि रकम, मोबाइल फोन तथा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको हो। तीनै जनालाई आवश्यक पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको र बरामद सामग्रीसहित थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

उनीहरूमाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T