Skip to content

एनपिएलः टस जितेको चितवनले ब्याटिङ गर्दै

nabil
global ime

काठमाडौं । चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ गर्दैछ । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिडेकाे चितवनले टस जितेर ब्याटिङको गरेकाे हाे ।

आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा आउँदा थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्दै छन् । चितव‍नले भने यसअघिकै टोलीलाई मैदानमा उतारेको छ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । चितवनले हिजो काठमान्डुलाई नकआउट गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T