काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
संस्थाले ५ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।
यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्