Skip to content

प्रधानमन्त्री बालेन र समकक्षी मोदीबीच ‘वान अन वान’ वार्ता जारी

nabil
global ime
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा एक्लाएक्लै (वान अन वान) वार्ता भइरहेको छ ।
दुई देशका प्रधानमन्त्रीबीच जारी भेटवार्ता सकिएलगत्तै दुवै देशका प्रतिनिधिमण्डल सहभागी हुने द्विपक्षीय बैठक आयोजना हुनेछ । उक्त बैठकमा नेपाल–भारतबीचको आपसी सम्बन्ध, सहकार्य तथा विभिन्न साझा चासोका विषयमा छलफल हुने कार्यक्रम छ ।
बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा विभिन्न सम्झौतामा हस्ताक्षर गरिने तयारी छ । यी समझदारीले दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्नेछन् । सो क्रममा प्रधानमन्त्रीहरूको भारत भ्रमण तथा भ्रमणका क्रममा भएका सहमति र उपलब्धिबारे जानकारी गराइने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले हैदराबाद हाउसमा सम्मान गारत अर्पण गरी औपचारिक स्वागत गरेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T