काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त भएकोमा महासंघले शुभकामना दिएको छ ।
सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व सम्हालेका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
कार्यक्रममा क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई इजरायलजस्तो विश्वप्रसिद्ध नवप्रवर्तन तथा प्रविधि हबमा राजदूतका रूपमा पठाउनु नेपालको आर्थिक र प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।
महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नवनियुक्त राजदूत कर्णलाई सम्पूर्ण नेपाली आईसीटी क्षेत्रका तर्फबाट शुभकामना दिए ।
अधिकारीले नेपालको तीव्र गतिमा बढ्दो दक्ष प्रविधि जनशक्ति र इजरायलको उन्नत प्रविधि इकोसिस्टमबीच सहकार्यका अपार सम्भावना रहेको औँल्याए ।
राजदूत कर्णले प्रविधि कूटनीतिमार्फत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालमा मुख्यतया दुई क्षेत्रमा प्राथमिकता दिने बताए ।
अनुभवी आईसीटी विज्ञ नै इजरायलका लागि नेपाली कूटनीतिक नियोगको नेतृत्वमा पुगेसँगै स्वदेशी आईटी कम्पनीहरूका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), अन्तरदेशीय व्यावसायिक साझेदारी र विश्व बजारमा पहुँच विस्तार हुने अपेक्षा नेपाली प्रविधि क्षेत्रले गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्