Skip to content

सेयर बजार र कारोबार रकम दुवै बढ्यो, १६५ कम्पनीका लगानीकर्ताले कमाए 

nabil
global ime

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ बिन्दुमा पुगेको  छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको थियो ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १० उपसमूहको सेयर मूल्य बढेको छ । दुई उपसमूहकोमात्र सेयर कारोबार घटेको छ । आज कारोबारमा आएका १६५ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १११ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य भने यथावत् रहेको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य एभरेष्ट कलर कम्पनीको सेयर मूल्य बढेको छ । यस कम्पनीको सेयर मूल्य ५.०५ प्रतिशत बढेको हो ।

आज सबैभन्दा धेरै कारोबार सोल्टी होटलको कारोबार भएको  छ । यस कम्पनी ३२ करोड १७ लाख ४० हजार ४६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T