Skip to content

सुकुम्बासी परिवारलाई सनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सरकारकाे निर्देशन

nabil
global ime
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई मध्यपुरथिमि नगरपालिका–२, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई सनिबारसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार होल्डिङ सेन्टरमा बस्दै आएका परिवारमध्ये ७ परिवार भूमिहीन नरहेको र १२ परिवारको नाममा कुनै जग्गा नभेटिएको पाइएको छ।
भूमि समस्या समाधान समिति, काठमाडौंले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा परिवारहरूको जग्गासम्बन्धी अवस्था पहिचान गरेको प्रशासनले जनाएको छ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ क र ५२ख अनुसार भूमिहीन नरहेको ठहरिएका तथा जग्गा रहेको पाइएको परिवारलाई मंसिर ११ गते सनिबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भनिएको छ।
त्यसैगरी, जग्गा नभेटिएका १२ परिवारलाई सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। ती परिवारका लागि आवश्यक निस्सासमेत प्राप्त भइसकेको सूचनामा उल्लेख छ।
प्रशासनले उक्त १२ परिवारलाई नेपाल सरकारले घरभाडाबापत उपलब्ध गराउने सुविधा बुझिलिन आग्रह गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T