Skip to content

मोदी र सिद्धि हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए आवेदन 

nabil
global ime
काठमाडौं । दुई जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । आईपीओ निष्कासनका लागि आवेदन दिनेमा मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर रहेका छन् ।
मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ । त्यस्तै, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ । यसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।
कम्पनीले इलाममा १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ। दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन् ।
बोर्डबाट स्वीकृति पाएपछि यी कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T