काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालले भारतबाट १३ करोड रुपैयाँभन्दा बढीको बेसार आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतबाट १३ करोड ५ लाख ६९ हजार रुपैयाँ बराबरको बेसार आयात भएको हो ।
बेसार आयातबाट सरकारले २ करोड २ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
तथ्यांकअनुसार यस अवधिमा भारतबाट ५०० किलो काँचो बेसार आयात भएको छ । यसैगरी, १ लाख ५ हजार ८३७ रुपैयाँ बराबरको बेसारको धुलो आयात भएको विभागले जनाएको छ ।
त्यस्तै, अन्य प्रकारका बेसारजन्य वस्तु ४ लाख ८ हजार ५१४ किलो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्