Skip to content

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ५ घण्टा छलफल, के भयो कुराकानी ?

nabil
global ime
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच करिब ५ घण्टा लामो भेटवार्ता भएको छ ।

सभापति लामिछानेको निवास बुढानीलकण्ठमा बिहीबार उक्त भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । दुवैबीच भ्रमणका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

“प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो” उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T